बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

कोरोना संक्रमित युवतीसँग आएका चितवनका ६ जनामध्ये ४ जना सम्पर्कमा

दैनिक नेपाल २०७६ चैत १२ गते २०:००

सांकेतिक तस्वीर

चितवन, १२ चैत । फ्रान्सबाट कतार हुँदै आएकी कोरोना संक्रमित नेपाली युवतीसँग आएका चितवनका ६ मध्ये ४ जना सम्पर्कमा आएका छन् ।

प्रहरीले नाम सार्वजनिक गरेपछि उनीहरु सम्पर्कमा आउन थालेका हुन् । चितवन गौरीगञ्ज घर भएका बुद्धिराज कोइराला र सन्जु कडेंल कोइराला तथा आँपटिरीका शम्भु नेपाली र उनकी श्रीमती पार्वती नेपाली कोरोना अस्पताल भरतपुरको सम्पर्कमा आइसकेका छन् ।

अन्य दुई जनालाई पनि सम्पर्कमा ल्याउने प्रयास भइरहेको छ । सोही जहाजमा चितवनका दिक्षा कंडेल र सुरेश गुरुङ पनि थिए ।

उनीहरु जिल्ला आए–नआएको बारे अनुसन्धान गर्ने काम भईरहेको प्रहरी उपरिक्षक नान्तिराज गुरुङले बताए ।

प्रतिक्रिया
सम्बन्धित