शुक्रबार, २८ चैत २०७६
DainikNepal.com
शुक्रबार, २८ चैत २०७६

नेपाल चेम्बर अफ कमर्सद्वारा ५० हजार थान मास्क हस्तान्तरण

दैनिक नेपाल २०७६ चैत १२ गते २०:१९

काठमाडौँ, १२ चैत । नेपाल चेम्बर अफ कमर्सले सरकारलाई ५० हजार थान सर्जिकल मास्क उपलब्ध गराएको छ । चेम्बरले उत्पादन गरेका ती मास्क उपाध्यक्ष दीपक मल्होत्राले आज स्वास्थ्य सेवा विभागलाई हस्तान्तण गर्नुभयो ।

चेम्बरले यसअघि नै दैनिक ५० हजार मास्क उत्पादन गरी सरकारलाई उपलब्ध गराउने बताएको थियो । बिहीबार पनि विभिन्न जिल्लामा मास्क वितरण गरिने चेम्बरले जनाएको छ । –रासस

प्रतिक्रिया
सम्बन्धित