शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

ग्वार्डिओला र मेसीद्वारा कोरोनासंग जुध्न राष्ट्रलाई सहयोग

दैनिक नेपाल २०७६ चैत १२ गते १९:२१

काठमाडौँ, १२ चैत ।  बार्सिलोनाका कप्तान लियोनल मेसी र म्यानचेस्टर सिटीका व्यवस्थापक पेप ग्वार्डिओलाले कोरोनासंग जुध्न राष्ट्रलाई सहयोग गरेका छन् ।

ग्वार्डिओलाले स्पेनलाई चिकित्सकीय सामग्री खरिदका लागि १० लाख युरो प्रदान गरेका छन् । मेसीले हस्पिटल र क्लिनिकलाई सहयोग गरेका छन् ।

बार्सिलोना कप्तान मेसीले कति रकम सहयोग गरेका हुन् भनेर हस्पिटलले खुलासा गरेको छैन । तर, क्याटलान स्पोर्टस डेलीका अनुसार मेसीले पनि १० लाख युरो दिएका छन् ।

स्पेन कोरोना भाइरसको संक्रमणबाट सबभन्दा प्रभावित देशमध्ये रहेको छ । अहिलेसम्म त्यहाँ ४० हजार भन्दा बढी यस भाइरसबाट संक्रमति भइसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित