शनिबार, २९ वैशाख २०८१
DainikNepal.com
शनिबार, २९ वैशाख २०८१

बेलायती राजकुमार चार्ल्सलाई कोरोना संक्रमणको पुष्टि

दैनिक नेपाल २०७६ चैत १२ गते १८:३१


काठमाडौँ, १२ चैत । बेलायती युवराज चार्ल्सलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको शाही निवासले जनाएको छ । ७१ वर्षीय राजकुमारलाई कोरोनाको लक्षण देखिए पनि ठीक रहेका बताइएको छ ।

राजकुमार संक्रमित भएपनि उनकी पत्नी डचेस अफ कार्नवाल केमिलाको परीक्षण गर्दा संक्रमण नपाइएको दरबारले जनाएको छ । यद्यपि उनीहरु आइसोलेसनमा रहेका छन् । बीबीसीका अनुसार राजकुमारलाई कसरी संक्रमण भएको भन्नेबारे नखुलेको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित