शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

आदेश उलङ्घन गर्ने ९०० गाडी नियन्त्रणमा

दैनिक नेपाल २०७६ चैत १२ गते १८:१४

काठमाडौँ, १२ चैत । कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको आदेश उल्लङ्घन गर्ने ८९१ सवारीसाधनलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट आज दिउँसो ३ः०० बजेसम्म उक्त सङ्ख्यामा गाडी नियन्त्रणमा लिएको हो ।

अटेर गरी सवारीसाधन सञ्चालन गरेका साधनलाई नियन्त्रणमा लिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो । नियन्त्रणमा लिएकेमध्ये दुईपाङ्ग्रे ७७० र चारपाङ्ग्रे १२१ रहेका महाशाखाले जनाएको छ ।

घरबाट अनावश्यकरूपमा निस्केका सर्वसाधारणलाई सम्झाई बुझाई घरतर्फ नै फर्काइएको उहाँले उल्लेख गर्नुभयो । अत्यावश्यक सेवा र अनुमतिपत्र लिएका सवारीसाधन मात्रै चलाउन पाउने नियम कडाइका साथ पालना गर्न लगाइएको श्रेष्ठले बताउनुभयो ।

प्रहरीले मङ्गलबार मुलुकका विभिन्न ठाउँबाट एक हजारभन्दा बढी सवारीसाधन नियन्त्रणमा लिएको थियो । सरकारले कोरोना भाइरस फैलिन नदिन मङ्गलबारदेखि यही चैत १८ गते बिहान ६ः०० बजेसम्मका लागि ‘लकडाउन’ गरेको छ । –रासस

प्रतिक्रिया
सम्बन्धित