शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

अफवाह फैल्याउने ७ अनलाइन बन्द गर्न निर्देशन

दैनिक नेपाल २०७६ चैत १२ गते १७:४२

काठमाडौँ, १२ चैत । प्रेस काउन्सिलले कोरोना भाइरस (कोभिड–१९) को बारेमा भ्रामक सूचना सम्प्रेषण गरेको आरोपमा ७ वटा अनलाइन बन्द गर्न निर्देशन दिएको छ ।

साथै गलत सूचना दिने १७ मिडियालाई त्यस्तो भ्रमपूर्ण सामाग्री हटाउन र २४ घण्टे स्पष्टीकरण दिन पनि निर्देशन दिएको काउन्सिलले जनाएको छ ।

काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठका अनुसार कोभिड–१९ बारे अफवाह र भ्रम फैलाउने ७ अनलाइन बन्द गर्ने निर्देशन दिएको बताए ।

त्यस्तै गलत सामाग्री प्रकाशित प्रसारित गर्ने १७ मिडियालाई २४ घण्टे स्पष्टिकरण र त्यस्ता सूचना हटाउन निर्देशन दिएको छ । यद्यपि खारेज गरिएका मिडियाको नाम भने खुलाइएको छैन ।

प्रतिक्रिया
सम्बन्धित