मंगलबार, ६ जेठ २०७७
DainikNepal.com
मंगलबार, ६ जेठ २०७७

म पनि घरमै छु, तपाइ पनि घरमै बस्नुहोस् : प्रधानमन्त्री ओली

दैनिक नेपाल २०७६ चैत १२ गते १७:१८

फाइल तस्वीर

काठमाडौँ, १२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले ट्विटरमार्फत देशवासीलाई घरमै बस्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले वुधबार सामाजिक सञ्जाल टिव्टरमार्फत आफूपनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको बताउँदै आम नागरिकलाई पनि घरमै बस्न आव्हान गरेका हुन् ।

उनले भनेका छन्,’ म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु, तपाईहरु पनि घरमै बस्नुहोस् ।’

विश्वव्यापी महामारीका रुपमा तीव्र गतिमा फैलिइरहेको कोरोना भाइरसको संक्रमणको जोखिमलाई कम गर्न नेपाल सरकारले मंगलबार विहानदेखि एक हप्ताका लागि लकडाउन गरेको छ । सरकारले यसको अक्षरंश पालना गर्न सबै सम्पूर्ण नेपालीमा अपील पनि गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित