बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

कोरोना संक्रमित घरबाहिर निस्के ५ वर्षको जेल सजाय

दैनिक नेपाल २०७६ चैत १२ गते १५:५८

काठमाडौँ, १२ चैत । कोरोना संक्रमणको दर निकै तीव्र रुपमा बढेको इटालीमा संक्रमितले घर बाहिर निस्किए एकदेखि ५ वर्षसम्म जेल सजाय हुने कानुन ल्याएको छ ।

त्यहाँको सरकारले संक्रमण देखिएका र क्वारेन्टाइनको नियम उल्लंघन गरेमा जेल सजाय हुने नियम लागू गरेको सीएनएनले जनाएको छ ।

मंगलबार रातीको निर्णयअनुसार निम्न सजायहरु समावेश भएका छन् ।

-क्वारेन्टाइनको नियम उल्लंघन गरे ४०० यूरोदेखि ३ हजार यूरो डलरसम्म जरिवाना तिर्नुपर्नेछ ।

-कोरोना संक्रमण फैलिन नियन्त्रण गर्न बनाइएको नियम विपरित व्यवसाय सञ्चालन गरे ५ देखि ३० दिनसम्म बन्द गर्न सकिने ।

-यो नियम जुलाई ३१ सम्म हरेक महिना परिवर्तन गर्न सकिने, थप कडा नियम ल्याउन सकिनेछ ।

हालसम्म इटालीमा करिब ७ हजारको कोरोना संक्रमणका कारण मृत्यु भएको छ भने करिब ७० हजार कोरोना संक्रमित देखिएका छन् । सीएनएनको सहयोगमा

प्रतिक्रिया
सम्बन्धित