शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

नेपाल टेलिकमले ल्यायो नयाँ ‘रिङ ब्याक टोन’

दैनिक नेपाल २०७६ चैत १२ गते १५:४३


काठमाडौँ, १२ चैत । नेपाल टेलिकमले कोरोना भाइरसको संक्रमणबाट जोगिन नयाँ ‘रिङ ब्याक टोन’ राखेको छ । कम्पनीले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन लकडाउनमा घरैमा बस्न आग्रह गरेको छ ।

त्यस्तै, आफू वा परिवारका सदस्यलाई स्वास्थ्यमा कुनै समस्या आए १११५ मा निःशुल्क कल गर्न वा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न रिङ ब्याक टोनमा आग्रह गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित