शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

सेनाद्वारा बाह्य आगन्तुकको प्रवेश निषेध

दैनिक नेपाल २०७६ चैत १२ गते १५:३४

काठमाडौँ, १२ चैत । नेपाली सेनाले कोरोना भाइरसको सम्भावित सङ्क्रमणको जोखिमलाई मध्यनजर गरी जनसम्पर्क तथा सूचना निर्देशनालयको कार्यालयमा अर्को सूचना प्रकाशित नभएसम्म गैरसैनिक तथा अन्य कार्यालयका आगन्तुकको प्रवेशमा निषेध गरेको छ ।

हाल विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसलगायत नेपाली सेनाको अन्य विविध गतिविधि प्रेस विज्ञप्तिमार्फत जानकारी गराइने निर्देशनालयले जनाएको छ ।

साथै अन्य जानकारी तथा विवरणहरुका लागि निर्देशनालयको टेलिफोनमार्फत प्राप्त गर्न हुन सञ्चारकर्मीलगायत सबैमा अनुरोध गरिएको छ । –रासस

प्रतिक्रिया
सम्बन्धित