शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

कोरोना भाइरस : विश्वभरको नयाँ अपडेट यस्तो छ

दैनिक नेपाल २०७६ चैत १२ गते १५:२०

सांकेतिक तस्वीर

काठमाडौँ, १२ चैत । विश्वभरी कोरोना भाइरस (कोभिड-१९) बाट संसारभर ४ लाख २८ हजार २ सय २० जना संक्रमित भएका छन् ।

यो समाचार तयार पार्दासम्म यसका कारण १९ हजार १ सय १ जनाको मृत्यु भइसकेको छ । त्यस्तै १ लाख ९ हजार २ सय ४१ जना पूर्णरुपमा निको भइसकेका छन् भने बाँकी उपचारमै छन् ।

यसरी हेर्दा यसबाट हुने मृत्युदर भने प्रति १ मिलियन जनसंख्यामा २.४ प्रतिशत रहेको छ । वर्ल्ड ओ मिटर्सका अनुसार कोरोना भाइरस विश्वभरी १९४ वटा देशहरुमा फैलिइसकेको जनाएको छ ।

गत डिसेम्बरमा चीनबाट सुरु भएको कोरोना भाइरसका कारण सबैभन्दा बढी इटालीमा ६ हजार ८ सय २० जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै चीनमा ३ हजार २ सय ८१ जनाको मृत्यु भएको छ भने स्पेनमा २ हजार ९ सय ९१ जनाको मृत्यु भइसकेको छ । विश्वभरी नै तीव्र गतिमा फैलिएको कोरोना भाइरसका कारण संसारभरका देशहरुले लकडाउन गरेका छन् ।

यसका कारण इरानलगायत देशहरुमा पनि धेरै मानिसहरुको मृत्यु भइसकेको छ भने अमेरिकामा ७ सय ८४ जनाको मृत्यु भएको छ भने करिब ५५ हजारमा संक्रमण देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित