शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

चन्द्रागिरिमा विदेशबाट आएका व्यक्तिको विवरण सङ्कलन गरिने

दैनिक नेपाल २०७६ चैत १२ गते १४:४४

काठमाडौँ, १२ चैत । चन्द्रागिरि नगरपालिकाले विदेशबाट आएका व्यक्तिको विवरण सङ्कलन गर्ने भएको छ । विश्वमा फैँलदै गएको कोभिड–१९को नेपालमा सम्भावित सङ्क्रमणलाई मध्यनजर गर्दै टोखाले तत्काल विदेशबाट आएका व्यक्तिको विवरण सङ्कलन गर्न लागेको हो ।

टोखा नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले विदेशबाट भर्खरै आएका व्यक्तिबाट कोरोना सङ्क्रमण सर्न सक्ने भन्दै सबै वडाले आ–आफ्नो वडामा विदेशबाट आएका व्यक्तिको विवरण सङ्कलन गर्न लागेको जानकारी दिनुभयो ।

“विदेशबाट आएका व्यक्तिलाई कम्तीमा १४ दिन घरमा क्वारेन्टाइनमा रहनका लागि अनुरोध गर्न लागेका छौँ”, उहाँले भन्नुभयो । चन्द्रागिरिले विदेशबाट फर्केको व्यक्तिको नाम, फर्र्िकएको देशको नाम, स्वदेश फर्केको मिति र सम्पर्क नम्बर माग गरेको छ ।

काठमाडौँ प्रवेशको मुख्यद्वारमा रहेको चन्द्रागिरिमा १५ वडा छन् । उक्त नगरपालिका वाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिका हो । सरकारले चैत ११ गते बिहानदेखि चैत १८ गते साँझसम्म देशैभरि ‘लकडाउन’ गरेपछि चन्द्रागिरि नगरपालिकाले पनि आफ्ना नगरवासीलाई घरभित्र बस्न माइकिङ गर्ने भएको छ ।

टोखाबाट हतियारसहित एक पक्राउ

प्रहरीले हातहतियारसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले टोखा नगरपालिका–११ भण्डारीटोलमा बाह्र बोरको दुईनाले बन्दुक एक थान र सर्ट राइफल एकथानसहित स्याङ्जाका ५४ वर्षीय सूर्य ज्वारचनलाई मङ्गलबार पक्राउ गरेको हो ।

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जिल्ला अदालत कास्कीको आइतबारको पत्रादेशअनुसार वृत्तबाट खटिएको अनुसन्धान टोलीले ज्वारचनलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेका ज्वारचनलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको प्रहरीले जनाएको छ । –रासस

प्रतिक्रिया
सम्बन्धित