४ कार्तिक २०८३, बुधबार

विश्वप्रकाश शर्माकाे शब्दमा ‘आऊ माया गरौं’ गीत सार्वजनिक

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गीतकार समेत रहेका नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नयाँ गीत सार्वजनिक गरेका छन् ।

शर्माले रचना गरेको ‘आऊ माया गरौं, मान्छेले मान्छेलाई’ बोल रहेको गीत बजारमा सार्वजनिक गरिएको हो । गीतमा गायक प्रमोद खरेल र गायिका शितल मोक्तानले स्वर दिएका छन् ।

गीतले विपतको बेला आपसी सद्भाव र सहकार्य गर्न प्रेरित गर्ने सन्देश प्रवाह गरेको छ । नयाँ पुस्तामा आशा र उत्प्रेरणा प्राप्त हुने शब्दहरु समेत गीतमा समेटिएको छ ।

शर्माको गीतको म्युजिक भिडिओको निर्देशन पदम तिमल्सिनाले गरेका छन् । हाइलाइट्स नेपालले गीतलाई बजारमा ल्याएको हो ।