बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

काेराेना भाइरसकाे अर्को इपिसेन्टर अमेरिका हुन सक्ने

दैनिक नेपाल २०७६ चैत १२ गते ७:०९

रोम, १२ चैत । विश्व महामारी कोरोना भाइरस (कोभिड–१९०)काे संक्रमणबाट इटालीमा एकै दिन ७४३ को मृत्यु भएको छ । यससँगै इटालीमा कोरोना संक्रमणबाट मर्नेको संख्या ६ हजार ८२० पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले उल्लेख गरेको छ ।

चीनपछि कोरोनाको इपिसेन्टर बनेको इटालीमा ६९ हजार १७६ मा संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये ८ हजार ३२६ निको भएका छन् ।

चीन र इटालीपछि अमेरिकामा बढी संक्रमण पुष्टि भएको छ । मंगलबार अबेरसम्मको तथ्यांक अनुसार अमेरिकामा ५३ हजार ७४० संक्रमण पुष्टि भइसकेको छ ।

तीव्र रूपमा संक्रमितको संख्या बढेपछि विश्व स्वास्थ्य संगठनले अमेरिका चीन र इटालीपछि अर्को इपिसेन्टर बन्न सक्ने चेतावनी दिएको छ ।

अमेरिकामा हालसम्म ७०६ ले ज्यान गुमाइसकेका छन् भने ३४८ निको भएका छन् ।

चीनमा ४७ नयाँ संक्रमित भेटिएका छन् । ती सबै बाहिरबाट आएका यात्रुमा देखिएको चिनियाँ सञ्चार माध्यम सीजीटीएनले उल्लेख गरेको छ । थप ४ जनाको संक्रमणबाट ज्यान गएको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।

मंगलबार ४९१ संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित