२ कार्तिक २०८३, सोमबार

कोरोनाका कारण ओलम्पिक पहिलाेपटक १ वर्षपछि सर्याे

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ चैत । कोरोना संक्रमणको कारण पहिलोपटक ओलम्पिकको मिति सरेको छ । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण ओलम्पिक एक वर्ष पछि सरेको हो ।

कोरोनाको त्रासका कारण यही जुलाइ र अगष्टमा जापानमा हुने तय भएको ओलम्पिक एक वर्षपछि सरेको मंगलबार अन्तराष्ट्रिय ओलम्पिक कमिटीले जनाएको छ ।

आईओसी र जापान सरकारबीच टोकियो ओलम्पिक एक वर्षका लागि सार्ने सहमति जनाएका हुन् । कोरोनाको तीव्र फैलावटले ओलम्पिक कहिले हुने भन्ने अनिश्चित बनेको छ ।

गत डिसेम्बरमा चीनबाट सुरु भएको कोरोनाले अहिले विश्वका १९० बढी देशमा फैलिएको छ भने १५ हजार बढीको यसको संक्रमणबाट मृत्यु भइसकेको छ । त्यस्तै, टोकियो ओलम्पिकसंगै पारा ओलमपिक पनि एक वर्ष पछि सरेको छ ।

सन् १८९६ मा ग्रिसको एथेन्सबाट शुरु भएको ओलम्पिक प्रत्येक चार चार वर्षको अन्तरमा हुँदै आएको छ । यदि अर्काे वर्ष भएमा पहिलो पटक ओलम्पिक विजोर वर्षमा हुने भएको छ । यसअघि विश्वयुद्धका कारण तीन पटक ओलम्पिक रद्ध भएपनि सरेको भएको भने यो पहिलोपटक हो ।

कोरोना भाइरसको संक्रमणका कारण यस वर्ष हुने सबै ठूला खेलकुद प्रतियोगिता अब स्थगित भएका छन् ।

त्यस्तै युरोकप २०२० र दक्षिण अमेरिकी महादेशको फुटबल पनि एक वर्ष पछि सरेका छन् ।