
काठमाडौँ, ११ चैत । सरकारले सीमा क्षेत्रमा अलपत्र परेका नेपाली नागरिकलाई अन्तिम पटक नेपाल छिर्न दिने निर्णय गरेको छ ।
कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले सो निर्णय गरेको हो । अलपत्र परेका नेपालीले नागकिता वा परिचय खुल्ने अन्य कागजातका आधारमा नेपाल पस्न पाउने भएका छन् ।
उनीहरुले १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ । बसे नबसेको सम्बन्धित प्रदेश सरकारले अनुगमन गर्ने सरकारले जनाएको छ । पूर्वसूचना नपाएकाले ती नेपालीहरु अलपत्र परेको भन्दै सरकारले अन्तिम पटकलाई भित्रिन दिने निर्णय गरेको हो ।
बैठकले लकडाउनमा सरकारको निर्णयको सहयोग गर्ने नागरिकलाई धन्यवाद ज्ञापन पनि गरेको छ । लकडाउनपछि विभिन्न सीमा क्षेत्रमा नेपालीहरु अलपत्र परेका छन् ।















प्रतिक्रिया