शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

काेराेना भाइरसबाट भारतमा ज्यान जानेकाे संख्या दश पुग्याे, चीनमा मृत्यु दर घट्याे

दैनिक नेपाल २०७६ चैत ११ गते ८:०९

लण्डन, ११ चैत । विश्वभरि कोरोना भाइरस (कोभिड- १९) संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।

गएको चौबीस घन्टामा कोरोना संक्रमणबाट विश्वभर १८ सय ६० जनाले ज्यान गुमाएका छन् ।

योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १६ हजार पाँच सय १० पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । यो मंगलबार बिहान सवा सात बजेसम्मको तथ्यांक हो ।

कोरोना भाइसका कारण सबैभन्दा बढी इटालीमा गएको २४ घन्टामा ६ सय १ जनाको मृत्यु भएको छ । कोरोना भाइरसको उद्गम थलो चीनमा गएको २४ घन्टामा यसको संक्रमणबाट ७ जनाले ज्यान गुमाएका छन् ।

अहिलेसम्म इटालीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ हजार ७७ पुगेको छ । त्यहाँ ६३ हजार ९ सय ९७ जना संक्रमित उपचारको क्रममा छन् ।

अहिलेसम्म विश्वका १९४ देशमा कोरोना संक्रमण फैलिइसकेको छ । विश्वका ३ लाख ७८ हजार ८ सय ४२ जनामा यसको संक्रमण पुष्टि भएको छ । १ लाख दुई हजार ६२ जना भने उपचारपछि निको भएका छन् ।

गएको २४ घन्टामा स्पेनमा ५३९, अमेरिकामा १३९, इरानमा १२७, फ्रान्समा १८६, युकेमा ५४, नेदरल्याण्डमा ३४, स्वीटजरल्यान्डमा २२, इन्डोनेसियामा १, भारतमा ३ जनाले ज्यान गुमाएका छन् ।

योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या १० पुगेको छ । त्यहाँ ४ सय ९९ जनामा संक्रमण देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित