बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

भारतले पूर्वराजा ज्ञानेन्द्रलाई किन ‘महाराज’ मान्छ ?

दैनिक नेपाल २०७६ चैत ९ गते १३:४०

काठमाडौं, ९ चैत । नेपालका लागि तत्कालिन भारतीय राजदूत मञ्जिभ सिंह पुरीले पूर्वराजा ज्ञानेन्द्रलाई सम्बोधनका क्रममा ‘महाराज’ भनी लेखेको पत्र सार्वजनिक हुँदा नेपाली गणतन्त्रवादी नेताको ढ्याङग्रो बजेको थियो ।

कतिपयले त्यसको आलोचना प्रत्यक्ष रुपमा नै गरे भने कतिपयले परोक्ष रुपमा गरेका थिए । तर, भारतीय कुटनीतिक नियोगले कुटनीतिक मर्यादाको सीमामा रहेर उक्त सम्बोधन गरेको विश्लेषण स्वभाविक बन्यो ।

नेपाली राज्यसत्तामा पूर्वराजा ज्ञानेन्द्रको प्रभाव कति बलियो वा कति कमजोर भन्ने विषयको बहस एकातिर चलिरहला तर अर्कातिर छिमेकी मुलुकले उनीप्रति देखाएको ‘सम्बोधित व्यवाहार’ अर्थपूर्ण हुन सक्ने आँकलन गरिएको छ ।

त्यहिमाथि हरेक बर्ष उनको भारत भ्रमणका क्रममा हुने संकास्पद टिकाटिप्पणी र अनुमान एकातिर छँदै छ । भारतीय संस्थापनले उनीप्रति गरेको सम्बोधन मात्र नभएर दिएको सुरक्षाका विषयमा पनि हाल चर्चा सुरु भएको छ ।

भारत बर्षमा नै हिन्दुत्व र राजसंस्थाको सामुहिक नेतृत्व गर्ने अन्तिम राजा भएका कारण भारतीय संस्थापनले उनलाई त्यस्तो महत्व दिने गरेको छ । नेपालमा पूर्वराजा भनी सम्बोधन गरे पनि भारतीय आधिकारीक निकाय र व्यक्तिले उनलाई ‘महाराज’ भनी प्रत्यक्ष सम्बोधन गर्छन् भने परोक्ष रुपमा भने ‘नरेश’ भन्ने गरेका छन् । नरेशको अर्थ पनि राजा नै हुन्छ ।

राजाको हैसियतका आधारमा नै भारतीय सरकारले उनको गत महिनाको अनौपचारिक भ्रमणका क्रममा पनि उच्च सुरक्षा दिएको थियो । जसलाई ‘जेड प्लस’ भनिन्छ । उक्त सुरक्षा कुनै मुलुकका राष्ट्र प्रमुख वा सरकार प्रमुखको भ्रमणका बेला भारतीय संस्थापनले दिँदै आएको छ ।

त्यसो त हिन्दुत्वको कट्टरपन्थी दल भारतीय जनता पार्टीको सत्ता भएका कारण पनि ज्ञानेन्द्रलाई उच्च आदरका साथ सम्मान गरिएको बताइन्छ । खासगरी राष्ट्रिय स्वयम् सेवक दलले पूर्वराजाको महत्वलाई व्यापक बनाएको थियो । पद र हैसियतमा रहेका कतिपय नेताले पनि पूर्वराजाको महत्वलाई कसिलो बनाएको पाइन्छ । यस मध्येका एक हुन् विश्व हिन्दु महासंघप्रति निक्कै सद्भाव राख्ने उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ ।

भारतीय संस्थापनले दिएको महत्व र सम्बोधनका कारण पूर्वराजाको व्यक्तित्वमा कमी नरहेको कतिपय राजावादीले बताउने गरेका छन् । उनीहरू भन्छन्,‘राजतन्त्र होस् नहोस् भारतीयहरूले कुटनीतिक मर्यादालाई भुलेका छैनन् ।’

प्रतिक्रिया
सम्बन्धित