आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

कोरोना संक्रमण : इटालीमा एकैदिन ७ सय ९३ को मृत्यु

दैनिक नेपाल २०७६ चैत ९ गते ९:५१

काठमाडौं, ९ चैत ।  विश्वमा महारामारीको रुपमा फैलिरहेको कोभिड–१९ का कारण १३ हजार तीन जनाको मृत्यु भएको छ । ३ लाख ४ हजार ९ सय ९९ जनामा भाइरस संक्रमणको पुष्टि भइसकेको छ ।

९४ हजार ७ सय ९३ जना उपचारपछि घर फर्किएका छन् । सबैभन्दा धेरै मानिसको मृत्यु इटलीमा गएको छ । थप ७ सय ९३ जनाको मृत्यु भएपछि त्यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ हजार ८ सय २५ जनाको मृत्यु भइसकेको छ ।

बुढ्यौली जनसंख्या बढी रहेको इटालीमा दैनिक मृत्युदर निकै कहालीलाग्दो अवस्थामा रहेको छ । हाल ५३ हजार ५ सय ७८ जना सङक्रमित रहेको इटालीमा ६ हजार ७२ जना उपचारपछि घर फर्किएका छन् ।

मध्यपूर्वका राष्ट्रहरुमध्ये इरानमा कोरोना भाइरसको सङ्क्रमण सबैभन्दा डरलाग्दो अवस्थामा छ ।

प्रतिक्रिया
सम्बन्धित