आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

भारतमा आज ‘जनता कर्फ्यु’

दैनिक नेपाल २०७६ चैत ९ गते ९:३३

काठमाडौं, ९ चैत । भारतमा आज कोरोना विरुद्व जनता कर्फ्यु जारी गरिएको छ । बिहान ७ बजेदेखि राति ९ बजेसम्म कर्फ्यु जारी रहने छ । निजी र सरकारी संस्थाहरुले बन्दको घोषणा गरेका छन् । सम्पूर्ण बजार बन्द रहने छ ।

भारतीय नागरिकलाई कोरोना भाइरस (कोभिड-१९) को महामारीबाट जोगाउन यस्तो कदम चाल्नुपरेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् ।

उनले बिहीबार देशवासीको नाममा सम्बोधन गर्दै देशवासीलाई आफैं अलग्गै घरमा बस्न आह्वान गरेका थिए ।

भारतमा कोरोना भाइरसका कारण पाँच जनाको मृत्यु भएको छ भने, तीन सय ३० जना संक्रमित छन् ।

प्रतिक्रिया
सम्बन्धित