२ कार्तिक २०८३, सोमबार

सञ्चारकर्मीलाई निवासबाटै कामकाजको व्यवस्था मिलाउन महासंघकाे आग्रह

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ चैन । नेपाल पत्रकार महासंघले अग्रपंत्तिमा रही समाचार संकलन र सम्प्रेषण गर्ने पत्रकारहरुका लागि सुरक्षित वातावरण तयार पार्न, समयमै पारिश्रमिक र अन्य सुविधा उपलब्ध गराउन तथा निवासवाटै कामकाजको व्यवस्था मिलाउन आग्रह गरेकाे छ । त्यस्तै महास‌ंघले कार्यालय आउनैपर्नेका लागि सवारी साधनको व्यवस्था मिलाउन सम्बन्धित संचार प्रतिष्ठानलाई आग्रह गर्ने पनि निर्णय गरेको छ ।

विश्वभरी नै कोरोना (कोभिड १९) को संक्रमण फैलिइरहेको अवस्थामा नेपालमा संक्रमण फैलन नदिन अपनाउनुपर्ने सावधानीहरुबारे संचार क्षेत्रको उत्तरदायित्वका तर्फवाट आवश्यक भूमिका निर्वाह गर्ने निर्णय गरेको महासंघ अध्यक्ष गोविन्द आचार्यले जनाएका छन् ।

महासंघले संचार माध्यम र पत्रकारको दायित्वका सम्बन्धमा सामग्रीहरु तयार गर्ने, सुरक्षित रही सही सूचना प्रवाहको वातावरण निर्माण गर्न पहल गर्ने तथा गलत र अफवाहपूर्ण प्रचार हुन नदिन भूमिका खेल्ने निर्णय गरेको छ ।

यसका लागि महासंभले अध्यक्ष गोविन्द आचार्यको नेतृत्वमा उपाध्यक्ष विपुल पोखरेल, दिलिप थापा र महासचिव रमेश विष्ट रहेको समन्वय तथा अनुगमन संयन्त्र गठन गरेको छ ।

यसैगरी कठिन अवस्थामा सूचना प्रवाहको दायित्व पूरा गरिरहेका संचार माध्यम र पत्रकारहरुलाई इन्टरनेट, टेलिफोन, विद्युत जस्ता अत्यावश्यक साधनमा आवश्यक सहुलियत दिन सरकारसँग आग्रह गर्ने निर्णय समेत गरेको महासंघ महासचिव रमेश विष्टले जनाएका छन् ।

त्यस्तै, महासंघले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि संयमतापूर्वक सत्य तथ्य र सचेतनामूलक सामग्री प्रकाशन प्रसारण गर्न आम सञ्चार माध्यमलाई आग्रह गर्ने निर्णय गरेको छ ।