बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

कोरोना भाइरस : सरकारको थप निर्णय आउन सक्ने

दैनिक नेपाल २०७६ चैत ८ गते १४:५६

काठमाडौं, ८ चैत । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट जोगिनका लागि सरकारले शुक्रबार केही निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनले प्रष्ट बनायो ।

यस्तै सरकारका थप निर्णय शनिबार साँझ आउन सक्ने भएको छ । सरकारले गठन गरेको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको उच्चस्तरीय समितिको बैठक अपरान्ह ५ बजेका लागि राखिएको छ ।

कोरोना प्रभावबाट कसरी जोगिने र सुरक्षाका सन्दर्भमा उक्त समितिले निर्णय लिँदै आएको छ । उक्त समितिले नेपालमा हाल चलाइएको हल्ला र अवस्थाका सन्दर्भमा जानकारी दिने अनुमान गरिएको छ । यस्तै, सरकारका थप कदमबारे पनि समिति बैठकको निर्णयमार्फत जानकारी गराइनेछ ।

प्रतिक्रिया
सम्बन्धित