आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

कोरोना महामारी : एकैदिन इटालीमा ६२७ जनाको मृत्यु

दैनिक नेपाल २०७६ चैत ८ गते ११:०७

काठमाडाैं, ८ चैत ।  विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण इटालीमा एकैदिन ६२७ जनाको मृत्यु भएको छ । संक्रमणबाट युरोपमा मात्रै मृत्यु हुनेको संख्या ५ हजार नाघेको छ ।

शुक्रबार मात्रै इटालीमा ६ सय २७ जनाको मृत्यु भएको छ। त्यस्तै शुक्रबार थप ५ हजार ९ हजार ६ सय ८६ जनामा संक्रमण देखिएको छ। शनिबार बिहानसम्म इटालीमा मृत्यु हुनेको संख्या ४ हजार ३२ पुगेको छ भने ४७ हजार २१ जना संक्रमित भएका छन्।

त्यस्तै युरोपेली मुलुक स्पेनमा पनि मृत्यु हुनेको संख्या एक हजार नाघेको छ। शुक्रबार इटालीपछि स्पेनमा सबैभन्दा बढी २ सय ६२ को मृत्यु भएको छ। स्पेनमा शुक्रबार ३ हजार ४ सय ३३ संक्रमित थपिएका छन्।

शनिबार बिहानसम्म स्पेनमा मृत्यु हुनेको संख्या एक हजार ९३ पुगेको छ भने संक्रमितको संख्या २१ हजार ५ सय १० रहेको छ।

प्रतिक्रिया
सम्बन्धित