आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

भारतीय राष्ट्रपतिलाई कोरोना संक्रमणको आशंका

दैनिक नेपाल २०७६ चैत ८ गते १०:१०

नयाँदिल्ली, ८ चैत । कोरोना भाइरस संक्रमणले विश्वभर महामारीको रुप लिएको छ । भारतका राष्ट्रपति रामनाथ कोविन्दको पनि स्वास्थ्य जाँच गरिने भएको छ ।

राष्ट्रपति कोविन्दले हालै राष्ट्रपति भवनमा ब्रेकफास्ट कार्यक्रमको आयोजना गरेका थिए । जहाँ कोरोना संक्रमणको आशंका गरिएका सांसद दुष्यंत सिंह पनि सहभागी थिए ।

त्यसअघि सांसद सिंह गायिका कनिका कपूरको पार्टीमा सहभागी भएका थिए । गायिका कनिकालाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भइसकेको छ ।

लखनउको एक होटलमा उनले पार्टी आयोजना गरेकी थिइन् । त्यहाँ सहभागी अन्यलाई पनि कोरोना लागेको हुनसक्ने चिकित्सकको अनुमान छ ।

यो पनि गायिका कनिकालाई कोरोना ‘बेबी डल’ गीत गाएर चर्चामा आएकी कनिका बलिउडकी व्यस्त गायिकामा पर्छिन् ।

यसैबीच, राष्ट्रपति रामनाथ कोविन्दले आफ्ना सबै नियमित कार्यक्रम स्थगित गरेका छन् ।

सोनू निगम दुबईमा गायक सोनू निगम परिवरको साथमा दुबईमा छन् । आफू तत्काल भारत नफर्किने उनले बताएका छन् ।

कोरोना भाइरसबाट सुरक्षित रहनको लागि सोनूको परिवार भारत नफर्कने बताइएको छ । अवस्था समान्य भएपछि मात्र आफू स्वदेश फर्कने सोनूले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित