मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

‘सरकारले गरेका निर्णय सकारात्मक, हामी सहयोग गर्छौं’

दैनिक नेपाल २०७६ चैत ८ गते ९:४२

काठमाडौं, ८ चैत । नेपाली कांग्रेसले ढिलै भएपनि सरकारले अत्यावस्यक बाहेकका सेवा बन्द गर्नु सकारात्मक भएको जनाएको छ ।

नेपालमा दिनदिनै कोरोना भाइरसको संक्रमणको सम्भावित खतरा बढ्दै गएको भन्दै कांग्रेसले सरकारलाई संकल्प गर्न छाडेर काम गर्न आग्रह गरेको हो । कांग्रेसले विपक्षी दलबाट सरकारलाई आवस्यक सहयोग हुने जनाएको छ ।

शनिबार नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासंगको कुराकानीमा कांग्रेस केन्द्रीय सदस्य डा.मीनेन्द्र रिजालले कोरोना संक्रमणबाट देशलाई बचाउने उपाय भनेको नागरिकलाई यसबारे सचेत गराउनु पहिलो कर्तव्य भएको बताए । उनले जनचेतना जगाउने कुरामा सरकारी पक्षको ध्यान नपुगेको बताए ।

उनले एसईई परीक्षा स्थगित र सार्वजनिक यातायातमा रोक लगाउनु सरकारको उचित कदम भएको बताए । ‘अब सरकारले प्राविधिक विषयमा बढी ध्यान दिन आवस्यक छ’, उनले भनेका छन् ।

डा.रिजालले सरकारले अहिलेको समस्यालाई उच्च प्राथमिकता दिन अझै प्रयास गर्नुपर्ने बताए । ‘जनचतना नपुगेर धेरै मान्छे त्रसित भएका छन्’, उनले भने, ‘जनताहरूलाई यसको संक्रमणको बारे थाहा नै छैन । अहिले पनि जनचेतनाका कारण यसको लक्षण देखिए पनि तत्काल अस्पताल नजाने र गएपनि ढिलो जाने प्रबृति रहेको छ । यसले थप संक्रमणको खतरा बढाई रहेको छ ।’

उनले सरकारले लिएको नीतिलाई दु्रतगतिमा कार्यन्वयनमा लानुपर्ने र यसलाई सबै पक्षले सहयोग गर्नुपर्ने धारणा राखेका छन् ।

संक्रमण फैलिन नदिनुनै अहिले बच्चन सक्ने अवस्था भएकाले सामाजिक दायित्व सवैले पूरा गर्दै यसबाट जोगिन सजगता अपनाए सीमामा कडाई गर्ने कुरा विस्तारै हुँदै जाने उनले बताए ।

अहिले अत्यावश्यकबस्तुको कालोबजारी रोक्न सरकारले नसकेको रिजालको गुनासो गरेका छन् ।

‘यो रोग मान्छेदेखि मान्छेमा सर्ने भएकाले सार्वजनिक रुपमा हिड्न रोकनुपर्छ । चीनसंग भन्दा अहिले नेपाललाई भारतसंग खतरा छ’, उनले भने, ‘भारतले हामीसंग सजिलै संक्रमण पठाउँछ । भारतसंग सीमामा ध्यान दिनुपर्‍यो ।’

‘अब बैठक र कुरा गर्दा व्यक्तिगत आमनेसामने होइन, प्रविधि मार्फात गरौँ’, उनले भने, ‘प्रहरी सेना, स्वाथ्यकर्मीलाई पूर्ण रुपले काम गर्न दिनुपर्छ ।’

‘संकल्पले हुँदैन काम गर्नु अहिलेको आवश्यकता हो’, उनले भने, ‘सरकारले काम गरोस्, हामी सहयोग गर्न तयार छौँ’ ।

प्रतिक्रिया
सम्बन्धित