शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

कोरोना संक्रमित बलिउड गायिका, जसले विभिन्न सार्वजनिक कार्यक्रममा सहभागीता जनाइन्

दैनिक नेपाल २०७६ चैत ८ गते ९:३७

काठमाडौं । बलिउडकी चर्चित गायिका कन्निका कपुरका कारण कोरोना संक्रमणका रोगी बढेको अनुमान गरिएको छ ।

हाल अस्पतालमा उपचाररत रहेकी गायिका कपुर बेलायतदेखि मुम्बई विमानस्थलमा उत्रिएकी थिइन् । उनले त्यहाँका कर्मचारीलाई झुक्याएर उत्तर प्रदेशको लखनऊसम्म आउन सफल भएको बताइएको छ ।

उनले लखनऊको ताज होटलमा जन्मदिनका पार्टीसहित केही कार्यक्रमहरुमा सहभागीता जनाएको उनका बाबुलाई उदृत गर्दै भारतीय मिडियाले जनाएका छन् ।

तर अस्पतालमा रहेकी गायिका कपुरले आफूले सार्वजनिक कार्यक्रममा सहभागीता नजनाएको जन्मदिनको पार्टीचाहिँ मनाएको प्रतिक्रिया दिएकी छन् ।

उनले विमानस्थलमा स्वास्थ्य परिक्षण गराएर नै आफू मुलुक प्रवेश गरेको तर त्यसबेलासम्म क्वारेन्टाइनमा बस्नुपर्छ भन्ने विषयमा कुनै निर्णय भइनसकेको बताएकी छन् ।

भारतमा कोरोना संक्रमितको संख्या प्रत्येक दिन बढिरहेका बेला गायिका कपुरको हर्कतको सर्वत्र आलोचना भएको छ । कतिपयले पढेलेखेकी गायिकाबाट नै हुने यस्तो असावधानीले सर्वसाधारण जोखिममा परेको बताएका छन् ।

एकल महिला रहेकी गायिका कपुर लन्डनमा आफ्ना सन्तानलाई भेटेर फर्किएकी थिइन् । एजेन्सीको सहयोगमा

प्रतिक्रिया
सम्बन्धित