
-मनोज दाहाल
विराटनगर,७ चैत । कोरोना भाइरस(कोभिड–१९)प्रति संक्रमण, नियन्त्रण र सर्तकता अपनाउन शसस्त्र प्रहरी बलले मोरङको भारतीय सीमा क्षेत्रमा आवतजावत गर्ने ६२ हजार सर्वसाधारणको स्वास्थ्य चेकजाँच गरेको छ ।
सशस्त्र प्रहरी वल नेपाल न. ३ गण हेडक्वार कंकालनी मोरङका सशस्त्र उपरीक्षक नेत्रवहादुर कार्कीले दिएको जानकारी अनुसार गत फागुन २२ गतेदेखि मोरङको रानी भन्सार लगायत सुनवर्सी नगरपालिकाको खयरवाना, धनपालथान गाउँपालिकाको गडरिया खयरपवाना जनहदा गाउँपालिकाको डुकरिया, तारीगामा क्षेत्र आवात जावत गर्ने यात्रुहरुको मेडिकल टोलीले स्वास्थ्य जाँच गर्ने व्यवस्था गरिएको छ ।
प्रदेश सरकार, विराटनगर महानगरपालिका, प्रदेश अस्पतालप(कोशी) स्थानीय स्वास्थ्य संस्था र सम्बन्धित नगर र गाउँपालिकाको सहयोगमा उक्त चेकजाँच कार्य सञ्चालन गरिएको हो ।
यसैगरी मोरङको रगेली नगरपालिकाको सीमा क्षेत्र चोप्राहामा भने वजार क्षेत्रमा चेकजाँच भइरहेको छ । सशस्त्र प्रहरीले सीमा क्षेत्रमा स्वास्थ्य चेकजाँचको कार्य अहिले पनि नियमित गरिआएको र अन्य क्षेत्रमा थप गर्ने भएको छ ।
प्रहरीले संकास्पद विरामी फेला परेमा एम्वुलेन्स एशोसियशनको सहयोगमा उपचार केन्द्रसम्म पुर्याउनका लागि निशुल्क एम्वुलेन्सको तयार अवस्थामा राखिएकोे उपरीक्षक कार्कीले जानकारी दिए ।
मोरङका ६३ दशमलव २ किलोमिटर क्षेत्रमा भारतसंंग सीमासंग जोडिएका छ ।
सशस्त्र प्रहरीले सीमा क्षेत्रका १५ स्थानमा दुई हजार वढी बासिन्दलाई कोरोना रोगप्रति सजगता अपनाउनका लागि जनचेतना जागृत गराउने कार्य सम्पन्न गरेको छ ।
प्रहरी वलले प्रत्येक स्वास्थ्य चेकजाँच हुने स्थानमा सावुन पानीले हातधुने व्यवस्था समेत गरेको छ ।















प्रतिक्रिया