
काठमाडौँ, ७ चैत । कोरोना भाइरस (कोभिड-१९) महामारीको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पु¥याउने उद्देश्यले एनआईसी एशिया बैंक लिमिटेडले इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायतका विद्युतिय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ ।
विश्वभरि नै तीव्र रुपमा फैलिरहेको यस भाइरसको जोखिम कम गर्न अहिले विभिन्न देशहरुले युद्धस्तरमा अनेक सावधानीका उपायहरु अपनाएका छन् ।
विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि कोरोना भाइरसको संक्रमणको दृष्टिकोणले जोखिमपूर्ण राष्ट्रको रुपमा सूचिकृत गर्दै सतर्क रहन निर्देशन दिएको छ ।
कोरोना भाइरस एक व्यक्तिबाट अर्काेमा सजिलै सर्न सक्ने हुनाले भिडभाडमा नजान तथा सबैलाई सजग रहन सरकारले सुझाव दिएको छ ।
यस्तै, देशवासीहरुलाई अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन सरकारले अनुरोध गरिरहेको छ । कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न नोट कारोबारको सट्टा कार्ड तथा विद्युतिय कारोबारको माध्यम प्रयोग गर्न वाञ्छनिय हुन्छ ।
डिजिटल बैंकिङ्ग क्षेत्रमा अग्रणी स्थानमा रहि आफ्ना ग्राहकवर्गलाई नविनतम प्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको यस बैंकले ग्राहकको स्वास्थ्य तथा सुविधालाई मध्येनजर गर्दै आफ्ना ग्राहक महानुभावहरुलाई घरमै बसेर अनलाईन खाता खोल्न मिल्ने सुविधा प्रदान गर्नुको साथै, इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायका विद्युतीय माध्यमबाट गरिने निम्नलिखित भुक्तानीका सेवाहरू अर्काे सूचना जारी नगरेसम्मको लागि निःशुल्क गरेको बैंकले जानकारी गराएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले जनाएका छन् ।
क) मोबाईल बैंकिङ्ग पुरानो शुल्क नयाँ शुल्क
दर्ता शुल्क निःशुल्क निःशुल्क
अन्तरबैंक कारोबार १५ – ३० रुपैयाँ निःशुल्क
क्यूआर मर्चेन्ट भुक्तानी निःशुल्क निःशुल्क
विद्युत महसुलको भुक्तानी निःशुल्क निःशुल्क
खानेपानी महसुलको भुक्तानी निःशुल्क निःशुल्क
हवाईजहाजको टिकट खरिद निःशुल्क निःशुल्क
स्कुल फि निःशुल्क निःशुल्क
इन्टरनेट शुल्कको भुक्तानी निःशुल्क निःशुल्क
पीन रिजेनेरेसन शुल्क रु ५० निःशुल्क
बीमा प्रिमियम भुक्तानी निःशुल्क निःशुल्क
ख) डेबिट कार्ड
दर्ता शुल्क निःशुल्क निःशुल्क
एन आई सी बैंकको एटिएमबाट रकम निकाल्न
तथा मौज्दात जाँच गर्न निःशुल्क निःशुल्क
अन्य बैंकको एटिएम प्रयोग गरि रकम निकाल्न
तथा मौज्दात जाँच गर्न ५० रुपैयाँ निःशुल्क
पीओएस कारोबार शुल्क निःशुल्क निःशुल्क
पीन रिजेनेरेसन शुल्क रु २५० निःशुल्क
ई कमर्स संचालन शुल्क रु १०० निःशुल्क
ई कमर्स कारोबार शुल्क निःशुल्क निःशुल्क
ग) इन्टरनेट बैंकिङ्ग
दर्ता शुल्क निःशुल्क निःशुल्क
अन्तरबैंक कारोबार १५ – ३० रुपैयाँ निःशुल्क
पीन रिजेनेरेसन शुल्क रु ५० निःशुल्क
घ) मिस्डकल बैंकिङ्ग निःशुल्क निःशुल्क
ङ भाइबर बैंकिङ्ग निःशुल्क निःशुल्क
च) च्याटबट निःशुल्क निःशुल्क
छ) आईभीआर सर्भिस निःशुल्क निःशुल्क
यस कठिन परिस्थीतिमा आफ्ना ग्राहक महानुभावहरुको सुविधालाई मध्यनजर गर्दै यस बैंकले देशैभरि रहेका शाखा कार्यालय, विस्तारित काउण्टर, एटिएम तथा अन्य विभिन्न डिजिटल बैंकिङ्ग माध्यमबाट यथावत सेवा सुविधा उपलब्ध गराउन बैंक कटिबद्ध रहेको तथा बैंकले प्रदान गर्दै आईरहेको संम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधा नियमित रुपमा यथावत सुचारु राखिएको जानकारी पनि बैंकले जनाएको छ ।
ग्राहक महानुभावहरुलाई विशिष्टिकृत सेवा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै जानकारी चाहिएमा बैंकको २४ घण्टा सुचारु रहने ग्राहक जनसम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, फेसबुक च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ सिधा सम्पर्क गर्न समेत बैंकले अनुरोध गरेको छ ।
यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४५९ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो सञ्जाल भएको बैंक हो ।
२१ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।
उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।
| s_ | df]afO{n a}+lsË | k’/fgf] z’Ns | gofF z’Ns |
| btf{ z’Ns | lgMz’Ns | lgMz’Ns | |
| cGt/a}+s sf/f]af/ | !% – #) ?k}ofF | lgMz’Ns | |
| So”cf/ dr{]G6 e’QmfgL | lgMz’Ns | lgMz’Ns | |
| ljB’t dx;’nsf] e’QmfgL | lgMz’Ns | lgMz’Ns | |
| vfg]kfgL dx;’nsf] e’QmfgL | lgMz’Ns | lgMz’Ns | |
| xjfO{hxfhsf] l6s6 vl/b | lgMz’Ns | lgMz’Ns | |
| :s’n lkm | lgMz’Ns | lgMz’Ns | |
| OG6/g]6 z’Nssf] e’QmfgL | lgMz’Ns | lgMz’Ns | |
| kLg l/h]g]/];g z’Ns | ? %) | lgMz’Ns | |
| aLdf lk|ldod e’QmfgL | lgMz’Ns | lgMz’Ns | |
| v_ | 8]la6 sf8{ | ||
| btf{ z’Ns | lgMz’Ns | lgMz’Ns | |
| Pg cfO{ ;L a}+ssf] Pl6Pdaf6 /sd lgsfNg tyf df}Hbft hfFr ug{ | lgMz’Ns | lgMz’Ns | |
| cGo a}+ssf] Pl6Pd k|of]u ul/ /sd lgsfNg tyf df}Hbft hfFr ug{ | %) ?k}ofF | lgMz’Ns | |
| kLcf]P; sf/f]af/ z’Ns | lgMz’Ns | lgMz’Ns | |
| kLg l/h]g]/];g z’Ns | ? @%) | lgMz’Ns | |
| O{ sd;{ ;+rfng z’Ns | ? !)) | lgMz’Ns | |
| O{ sd;{ sf/f]af/ z’Ns | lgMz’Ns | lgMz’Ns | |
| u_ | OG6/g]6 a}+lsË | ||
| btf{ z’Ns | lgMz’Ns | lgMz’Ns | |
| cGt/a}+s sf/f]af/ | !% – #) ?k}ofF | lgMz’Ns | |
| kLg l/h]g]/];g z’Ns | ? %) | lgMz’Ns | |
| 3_ | ld:8sn a}+lsË | lgMz’Ns | lgMz’Ns |
| ª | efOa/ a}+lsË | lgMz’Ns | lgMz’Ns |
| r_ | Rof6a6 | lgMz’Ns | lgMz’Ns |
| 5 | cfO{eLcf/ ;le{; | lgMz’Ns | lgMz’Ns |















प्रतिक्रिया