शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

प्रधानमन्त्री ओलीले आज साँझ जनताका नाममा सम्बोधन गर्दै

दैनिक नेपाल २०७६ चैत ७ गते १५:४६

काठमाडौँ, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ६ बजे जनताका नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्रीले कोरोनाविरुद्धको लडाइको पछिल्लो अवस्थाबारे सार्वजनिक रुपमा जनतालाई जानकारी दिने उद्देश्यले सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्रीले आज साँझ रेडियो नेपाल र नेपाल टेलिभिजनमार्फत जनतालाई सम्बोधन गर्ने भएका हुन् ।

गत सातामात्रै दोस्रो पटक मिर्गाैला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा विशेष घोषणा पनि गर्ने तयारी गरेको जनाइएको छ ।

कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै उक्त सम्बोधनमा धेरै भीड हुन नदिन राज्यसंयन्त्रित संचारमाध्यमलाई मात्रै प्रवेश गराइने भएको छ ।

यसअघि सरकारले कोरोना संक्रमणबाट जोगिन सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गर्नेदेखि २५ जनाभन्दा बढी भेला नुहन लगायतका अपील गरिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित