बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

इंग्लिस फुटबलका सम्पूर्ण गतिविधि स्थगित

दैनिक नेपाल २०७६ चैत ७ गते ८:४३

लण्डन, ७ चैत । इंग्लिस फुटबलका सम्पूर्ण गतिविधि स्थगित भएको छन् ।

कोरोना भाइरसको विश्वव्यापी महामारी फैलिएका बेला त्यसबाट जोगिने प्रयास स्वरुप इंग्ल्याण्डका सबै फुटबल गतिविधिहरू कम्तिमा आउँदो अप्रिल ३० सम्मका लागि स्थगित भएका हुन् ।

यसबाट इंग्ल्याण्डमा हुने सबै खेल प्रभावित भएका छन् । इंग्लिस प्रिमियर लिग, लिग कप फुटबल (इएफएल), महिला सुपर लिग र महिला च्याम्पियनसिपका खेलहरु स्थगित भएका हुन् ।

स्कटल्याण्ड, वेल्स र उत्तरी आयरल्याण्डका सबै खेलहरु हाललाई पछि सारिएका छन् । हालको सिजन लम्बिने फुटबल एसोसिएसनले बताएको छ । अहिलेको नियम अनुसार जारी सिजन जुन १ मा अन्त्य हुने थियो ।

प्रतिक्रिया
सम्बन्धित