आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

सामूहिक बलात्कारका चार दोषीलाई भारतमा मृत्युदण्ड

दैनिक नेपाल २०७६ चैत ७ गते ७:४९

नयाँदिल्ली, ७ चैत् । सन् २०१२ मा भएको निर्भयाको सामूहिक बलात्कारका चारै अभियुक्तलाई शुक्रबार बिहानै मृत्युदण्ड दिइएको छ । त्युदण्डपछि निर्भयाकी आमाले यसलाई न्यायको जीत बताएकी छिन् ।

दिल्लीको तिहाड जेलमा बिहान साढे पाँच बजे चारैजनालाई मृत्युदण्ड दिइएको हो । तिहाड जेलका निर्देशक संदीप गोयलले भने, ‘बिहान ठिक साढे पाँच बजे चारैजनालाई मृत्युदण्ड दिइएको हो ।’

समाचार एजेन्सी पिटिआईले जेल अधिकारीलाई उद्धृत गर्दै चारैजनालाई एकैपटक मृत्युदण्ड दिइएको बताएको छ ।सन् २०१२ डिसेम्बर १६ तारिखको राती निर्भयामाथि सामूहिक बलात्कार गरिएको थियो ।सात वर्ष, तीन महिना र चार दिनपछि मुकेश, अक्षय, विनय र पवनलाई मृत्युदण्ड दिइएको हो ।

भारतीय समाचार एजेन्सी भास्करका अनुसार मृत्युदण्ड दिनुअघि पवन, मुकेश, विनय र अक्षयलाई नास्ता दिइएको थियो तर उनीहरुले खान अस्विकार गरे । विनय रुन थालेका थिए ।

त्यसपछि उनीहरुलाई तिहाड जेल नम्बर तीनमा बनेको ‘फाँसी घर’ मा र्पुयाइएको थियो । जहाँ पवन जल्लादले उनीहरुलाई झुण्ड्याएका थिए । ४० मिनेटपछि उनीहरूलाई मृत घोषित गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित