२ कार्तिक २०८३, सोमबार

मनकामना केबुलकार चैत मसान्तसम्म स्थगित

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ चैत । नेपालको पहिलो केबुलकार सञ्चालक मनकामना दर्शन प्रा.लिले कोरोना भाइरस संक्रमण जोखिमका कारण शनिबारदेखि केबुलकार सञ्चालन बन्द गर्ने जनाएको छ ।

कोभिड १९ को संक्रमण रोक्न सरकारको निर्णयलाई सहयोग पुर्याउने उद्देश्यले आगामी चैत्र ८ गते शनिबारदेखि मनकामना केवुलकार सेवा बन्द हुने जनाएको हो ।

स्वास्थ्य नै सर्वोपरी हो भन्ने मनकामना दर्शन प्रा.लि.ले सामाजिक व्यवसायिक उत्तरदायित्व महसुस गर्दै पहिलेदेखि कोरोना भाइरस (कोभिड १९) को प्रभाव नबढोस् भन्ने हेतुले विभिन्न स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्वन गर्दै केवुलकार सेवा संचालन गर्दै आएकोमा हालको परिपेक्षमा यस भाइरसको संक्रमण फैलिन नदिन थप सहयोग पुगोस भन्ने हेतुले केवुलकार सेवा यहि आउँदो ८ चैत २०७६, देखि ३० चैत २०७६ सम्मको लागि केवुलकार सेवा स्थगित गरिएको मनकामना दर्शन प्रा.लि. ले जनाएको छ ।