
काठमाडौँ, ६ चैत । कोरोना भाइरसको संक्रमण त्रासका कारण नेपाल उद्योग वाणिज्य महासंको निर्वाचन स्थगित भएको छ ।
महासंघले यही चैत २८ र २९ गतेका लागि तोकेको निर्वाचन स्थगित गरेको हो ।
सरकारले २५ जना भन्दा बढी भेला हुन रोक लगाएपछि बिहीबार बसेको महासंघ पदाधिकारी बैठकले निर्वाचन स्थगित गरेको जानकारी दिएको हो ।
बैठकले निर्वाचन २०७७ जेठ ७ र ८ गते गर्ने निर्णय पनि गरेको जनाएको छ ।















प्रतिक्रिया