शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

‘पुतली’मा भुपु र मेलिनाको स्वर, सुनिलकाे निर्देशन

दैनिक नेपाल २०७६ चैत ६ गते १२:२८

काठमाडौं । गायक भुपु पाण्डे र गायिका मेलिना राईको स्वरमा ‘पुतली’ बोलको लोक आधुनिक गीत रिलिज भएको छ ।

बुधबार यूट्युबमार्फत सार्वजनिक गरिएको ‘पुतली’लाई संगीत पाण्डेले नै दिएका छन् । शब्द भने राजेश अर्यालले लेखेका हुन् ।

‘विगतका गीतभन्दा अलिक फरक गीत बनाएका छौँ’, गायक पाण्डेले भने, ‘दर्शक स्रोतालाई केही फरक शैलीको गीत दिन खोजेका छौँ ।’

म्युजिक भिडियोका निर्देशन सुनिल क्षेत्रीले गरेका छन् । ‘पुतली’को म्युजिक भिडियोलाई अमृत चापागाइँले सम्पादन गरेका हुन् ।

‘पुतली’मा सुनिल क्षेत्री, वीना राउत र नेपाली ठिटोस् टिमको अभिनय रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित