१ कार्तिक २०८३, आइतबार

कोरोना भाइरसको संक्रमणबाट इटालीमा एकैदिन ४७५ जनाको मृत्यु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इटली, ६ चैत । कोरोना भाइरसको संक्रमणबाट इटालीमा एकैदिन ४७५ जनाको मृत्यु भएको छ । यो कोरोना भाइरसको संक्रमण सुरु भएयता इटालीमा एकैदिन भएको सर्वा्धिक मृत्यु हो ।

योसँगै संक्रमणबाट त्यहाँ ज्यान गुमाउनेको संख्या करिब ३ हजार पुगेको छ। इटालीमा हालसम्म ३५ हजार ७१३ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ४ हजार जना स्वास्थ्य लाभ गरी घर फर्किएका छन् ।

कोरोना भाइरसका कारण इटालीमा सबैभन्दा बढी मृत्यु लोम्बार्डी क्षेत्रमा भएको छ। त्यहाँ एकैदिन ३१९ जनाको कोरनाभाइरसका कारण ज्यान गएको छ ।

इटाली कोरना भाइरसबाट सर्वा्धिक प्रभावित हुने चीनपछिको दोश्रो मुलुक हो। कोरोना भाइरसको रोकथामका लागि पूरै इटाली दुई सातादेखि ’लकडाउन’मा छ ।