शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

क्वारेन्टाइनमा बलिउड नायिका साेनम कपूर

दैनिक नेपाल २०७६ चैत ६ गते ८:२२

मुम्बई । बलिउड नायिका सोनम कपुर र उनका श्रीमान आनन्द आहुजा क्वारेन्टाइनमा बसेका छन् । श्रीमान आनन्द आहुजासँग लन्डन बस्दै आएकी उनी भारत फर्किएलगत्तै सामाजिक सञ्जाल इन्स्टाग्रामको स्टोरीमार्फत क्वारेन्टाइनमा बस्न लागेको बताएका थिइन् ।

अभिनेत्री कपुर र उनका श्रीमान आहुजालाई कोरोना भाइरसको संक्रमण नदेखिएपनि परिवारका सदस्यसँग घुलमिल हुनुपर्ने हुँदा क्वारेन्टाइनमा बस्न लागेको जानकारी गराएकी थिइन् ।

भारत विमानस्थलमा कोरोना भाइरस संक्रमण रोकथामका लागि विभिन्न स्वास्थ्य परीक्षण गरिरहेको उल्लेख गरेकी थिइन् । उनले अन्तर्राष्ट्रिय यात्रा गरिरहेका यात्रुहरूलाई समेत क्वारेन्टाइनमा बस्न आग्रह गरेकी थिइन् ।

सन् २०१८ मा व्यवसायी आनन्द आहुजासँग विवाह गरेकी उनी लन्डनमा बस्दै आएकी थिइन् । बलिउडकी सबैभन्दा फेसनेबल अभिनेत्रीको सूचीमा पर्ने उनीले ‘द जोया फ्याक्टर’, ‘सञ्जु’, ‘प्याडम्यान’, ‘प्रेम र तन धन पायो’, ‘निर्जा’, ‘डली कि डोली’ लगायत फिल्ममा अभिनय गरिसकेकी छन् ।

प्रतिक्रिया
सम्बन्धित