२ कार्तिक २०८३, सोमबार

विश्वविद्यालयका पनि सबै परीक्षा स्थगित

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, ५ चैत । सरकारले विश्वविद्यालयका पनि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

भोलिदेखि सुरू हुने एसइई परीक्षा स्थगित गरिसकेको जनाउँदै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखेरलले चैत महिनामा हुने विश्वविद्यालयका परीक्षा पनि स्थगित गरिएको जनाएका हुन् ।

कोरोना संक्रमणको जोखिम कम गर्न प्रधानमन्त्री ओलीसँगको सल्लाहमा यस्तो निर्णय गरिएको मन्त्री पोखरेलले जनाए । विद्यालय तथा विश्वविद्यालयको पठनपाठन तथा परीक्षा कहिलेसम्म स्थगित गर्ने भन्नेबारे परीक्षा बोर्डले निर्णय गर्ने पनि मन्त्री पोखरेलले बताए ।