आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

कोरोना भाइरस : इटालीमा मृतकको संख्या २५ सय नाघ्यो

दैनिक नेपाल २०७६ चैत ५ गते ११:०५

काठमाडौं, ५ चैत्र । विश्वव्यापी रुपमा महामारीको रुप लिएको कोरोना भाइरसको कारण इटालीमा पछिल्लो प्राप्त तथ्यांक अनुसार मृतकको संख्या २५ सय नाघेको छ ।

यो भाइरस अहिले विश्वका १६० भन्दा धेरै देशमा फैलिएको छ । बुधबार बिहानसम्म कोभिड–१९ को संक्रमणबाट ७ हजार ९ सय ६५ जनाको मृत्यु भइसकेको छ भने करिब २ लाख संक्रमित भएका छन् ।

अमेरिकाका ५० वटै राज्यमा कोभिड–१९ को संक्रमण देखिएको छ । मंगलबार वेस्ट भर्जिनियाका गभर्नर जिम जस्टिसले राज्यमा पहिलो संक्रमित भेटिएको पुष्टि गरेका थिए ।

बुधबार बिहानसम्म अमेरिकामा मृतकको संख्या १०९ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित