मंगलबार, १६ असार २०७७
DainikNepal.com
मंगलबार, १६ असार २०७७

तोकिएकै मितिमा ओलम्पिक गर्ने जापानकाे तयारी, कमिटी सदस्यद्वारा विरोध

दैनिक नेपाल २०७६ चैत ५ गते ९:२५

टाेकियाे, ५ चैत । जापानले टोकियो ओलम्पिक गेम्स तोकिएकै मितिमा गर्ने गरी तयारी जारी राखेको छ।

तर विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण अरु विभिन्न खेल गतिविधि स्थगित भएका बेला धेरैले टोकियो ओलम्पिक पनि रोकिनु पर्ने बताएका छन् । र पनि जापानले आफ्नो तयारी निर्धारित मितिमै खेल सम्पन्न गर्ने रहेको बताउँदै आएको छ ।

यो वर्षको ओलम्पिक खेल आउँदो जुलाई २४ देखि अगस्ट ९ सम्म हुने तय भएको छ । जापानले तोकिएकै समयमा गर्ने भने पनि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिकी एक सदस्य हेली वेकेनहाइजरले त्यसको विरोध गरेकी छन् ।

कोरोना भाइरसको महामारी फैलिरहेका बेला ओलम्पिक गर्छु भन्नु असंवेदनशिल र गैरजिम्मेवार रहेको उनको भनाई छ।

उनले भनेकी छन्, ‘ओलम्पिक खेल भन्दा संकट ठूलो छ।’ अबको तीन महिना सकेसम्म भिडभाड परित्याग गर्न उनले सुझाव दिएकी छन् ।

प्रतिक्रिया
सम्बन्धित