४ कार्तिक २०८३, बुधबार

तीन नेता तीनतिर

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ चैत । सत्तारुढ दल नेकपाले दुई अध्यक्षबीचको छलफलपछि बुधबार सचिवालय बैठक बोलाएको छ। प्रधानमन्त्री केपी ओली मिर्गौला पुन: प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुअघि १८ फागुनमा बैठक बसेको थियो।

मिर्गौला प्रत्यारोपण गरी बालुवाटार फर्केका ओलीले बढाएको राजनीतिक सक्रियतापछि बुधबार बैठक बस्न लागेको हो। ‘बुधबार सचिवालय बैठक बोलाइएको छ’, वरिष्ठ नेता झलनाथ खनालले भने, ‘बैठकका एजेन्डा अहिले जानकारी गराउने गरिएको छैन।’

उपाध्यक्ष वामदेव गौतमबारे निर्णयमा पुनर्विचारको एजेन्डा बन्न सक्छ कि भन्ने जिज्ञासामा खनालले भने, ‘वामदेवजीलाई राष्ट्रियसभामा लैजाने विषयमा पार्टीले जे निर्णय गर्‍यो त्यो भइसक्यो। त्यसमा पुनर्विचार हुँदैन। त्यो छलफलमा आउने विषय पनि होइन।’

उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत कोटामा पठाउने वा नपठाउने विषयमा विवाद छ। १८ फागुनको सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको थियो। उक्त निर्णयमा प्रधानमन्त्री ओलीले असहमति जनाएपछि विवाद उत्कर्षमा छ।

बैठक बोलाउन प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार बालुवाटारमा छलफल भएको थियो। दुई अध्यक्षबीच संवादका लागि महासचिव विष्णु पौडेलले भूमिका खेलेका थिए। पौडेलले बिहान खुमलटार पुगेर दाहालसँग छलफल गरेका थिए।

१४ फागुनको सचिवालय बैठकपछि ओली र दाहालबीच तीन चरणको भेटमा राजनीतिक संवाद भएको थिएन। मंगलबार भने पार्टी एकताका बाँकी काम, उपाध्यक्ष गौतमका सन्दर्भमा सचिवालयले गरेको निर्णय र कोरोना भाइरस संक्रमणको जोखिमबाट जोगिने उपायलगायत विषयमा भएको छलफलपछि दुवै अध्यक्ष बैठक बोलाउने निष्कर्षमा पुगेका हुन्।

तत्कालीन एमालेभित्रको समीकरण/मतभेदबाट फाइदा लिएर सरकार र आपूmविरुद्ध मोर्चाबन्दीको प्रयास गरेको भन्दै ओली दाहालसँग रुष्ट थिए। उनी पार्टीमा सकभर बहुमतको निर्णय नमान्ने र सहमतिकै आधारमा निर्णय लिनुपर्ने पक्षमा उभिँदै आएका छन्। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।