२ कार्तिक २०८३, सोमबार

एसईई नरोकिने, सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ चैत । चैत ६ गते बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) नरोकिने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सोमबार अपील जारी गर्दै परीक्षा सञ्चालनको सबै तयारी पूरा भएको बताएका छन् । ६ देखि १७ चैतसम्म हुने परीक्षामा देशभरका कुल ४ लाख ८२ हजार २१९ परीक्षार्थी सहभागी हुनेछन् र, १ हजार ९९५ परीक्षा केन्द्र तोकिएको छ ।

आवश्यक सम्पूर्ण सावधानी अपनाएर परीक्षा सञ्चालन गर्न लागिएको मन्त्री पोखरेलले जनाएका छन् । त्यस्तै ७५३ वटै स्थानीय सरकारलाई परीक्षा अवधिभर हेल्थ डेस्क स्थापना गर्न अनुरोध गरिएको मन्त्री पोखरेलले जानकारी दिए ।

मन्त्रालयले विद्यार्थीहरुलाई साबुनपानी प्रयोग गरेर हात धुन, मास्क प्रयोग गर्न, अरुसँग हात नमिलाउन र सकभर भीडभाडमा नजान आग्रह गरेको छ । साथै परीक्षा केन्द्रमा अनावश्यक रुपमा जम्मा भएर भीडभाड नगर्न पनि सबैलाई अपील गरेको छ ।

त्यस्तै, यो संकटको घडीमा विद्यालयहरुलाई कुनै किसिमको ठूला सांस्कृतिक तथा अन्य केही कार्यक्रमहरु पनि नगर्न सरकारले अनुरोध गरेको छ ।