आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

कोरोना भाइरस : मृत्यु हुनेको संख्या ७ हजार नाघ्यो

दैनिक नेपाल २०७६ चैत ४ गते १३:१३

काठमाडौं, ४ चैत ।  कोरोनाभाइरसको संक्रमणका कारण विश्वभर ७ हजार १ सय ७१ व्यक्तिको मृत्यु भएको छ ।

१ लाख ८२ हजार ६ सय ५ जना संक्रमित भएको मध्ये ७९ हजार ८ सय ८१ जनाको सफल उपचार भएको छ ।

९५ हजार ५ सय ५३ जना उपचारकै क्रममा छन् । तिमध्ये ६ हजार १ सय ६३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

पछिल्लो समय कोरोनाको उद्गम मानिएको चीनभन्दा बाहिर अर्थात् युरोप क्षेत्रमा यसको संक्रमण व्यापक बनिरहेको छ ।

इटलीमा मृतकको संख्या २ हजार १ सय ५८ पुगेको छ । स्पेनमा ३ सय ४२ जनाको मृत्यु भएको छ ।

फ्रान्समा १ सय ४८, स्विजरल्यान्डमा १९, बेलायतमा ५५, नेदरल्यान्डस्मा २४, अमेरिकामा ९१ जनाको मृत्यु भएको छ ।

त्यसैगरी इरानमा ८ सय ५३, दक्षिण कोरियामा ८१ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित