
काठमाडौं, ४ चैत । नेपाली बजारमा मंगलबार सुनको भाउमा भारी गिरावट आएको छ । मंगलबार तोलामा दुई हजारले घटेको हो । आज सुन प्रतितोला ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको भाउ सोमबार पाँच सय रुपैयाँ बढेर तोलाको ७७ हजार ५ सय रुपैयाँ पुगेको थियो । सोमबार तोलामा पाँच सय बढेको सुन आज दुई हजार रुपैयाँ घटेको हो ।
आज चाँदीको भाउ तोलामा ८० रुपैयाँ घटेको छ । चाँदी तोलामा ७ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ७ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।















प्रतिक्रिया