आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

मलेसियाले पनि मुलुक प्रवेशमा रोक लगायो

दैनिक नेपाल २०७६ चैत ४ गते ११:०५

काठमाडौं, ४ चैत । कोरोना भाइरस तिव्र गतिमा विभिन्न मुलकमा फैलदै गएपछि मलेसियाले पनि विदेशीलाई मुलुक प्रवेशमा रोक लगाएको छ ।

कोरोना भाइरसको जोखिमलाई ध्यानमा राख्दै मलेसियाले बुधबारबाट लागू हुने दुई साताका लागि यो निर्णय लागु गरेको हो ।

योसँगै नेपाली कामदार पनि अब दुई साता मलेसिया जान पाउने छैनन्।

मलेसिया अहिलेसम्म प्राप्त तथ्यांक अनुसार कोरोना संक्रमित संख्या ५५३ पुगेको छ।

प्रतिक्रिया
सम्बन्धित