आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

कोरोना भाइरस : बेलायतमा ५५ को मृत्यु

दैनिक नेपाल २०७६ चैत ४ गते ९:११

काठमाडौं, ४ चैत ।  विश्वभर नै तिव्र गतिमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) का कारण मृत्यु हुनेको संख्या ५५ पुगेको छ ।

बेलायतमा संक्रमण तीव्र रुपमा फैलँदै गएपछि नियन्त्रणका थप उपाय अवलम्बन गरिएका छन् । सरकारले सोमबार अपिल जारी गर्दै आपत्‌कालीन विधेयक ल्याउने तयारी गरेको छ ।

कोभिड–१९ को संक्रमण रोक्न बेलायत सरकारले पब, क्लब, रेष्टुरेन्ट, सिनेमा घर, थिएटरलगायत सामाजिक जमघटमा नजान अपिल गरेको छ। सरकारको आग्रहसँगै रोयल ओपेरा हाउस बन्द गरिएको छ।

उच्च ज्वरो र निरन्तर खोकी लागे सबै परिवारलाई १४ दिनसम्म घरैमा बस्न पनि अनुरोध गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित