
सिरहा, ३ चैत । कोरोना भाइरस संक्रमणकाे परीक्षणका लागि ९ जनालाई सिरहाबाट परीक्षणको लागि जनकपुर पठाइएको छ ।
सिरहा नगरपालिका –१० का ९ जना बिरामीमा कोरोना संक्रमणका लक्षणहरु देखिएकोले थप परीक्षणका लागि जनकपुर पठाइएको जनाइएको छ ।
रोजगारीका क्रममा भारतमा रहेका उनीहरु केही दिन अघि भारतबाट फर्किएको र उनीहरुमा रुघाखोकी तथा ज्वरो आएको थियो । उनीहरुमा लगातार कोरोनाको जस्तै लक्षण देखिएपछि गाउँ नै आतंकित भएको र थप पुष्टिका लागि जनकपुर पठाइएको हो ।















प्रतिक्रिया