२ कार्तिक २०८३, सोमबार

रौतहतमा हतियारसहित एक जना पक्राउ

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, ३ चैत । रौतहतमा हतियार सहित एक जना पक्राउ परेका छन् । जिल्लाको यमुनामाई गाउँपालिका वडा नं—३ राजपुर तुलसीका ४९ वर्षीय शेष बैतुल्लालाई हतियार सहित पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

पक्राउ परेका बैतुल्लाको साथबाट चाइनिज पेस्तोल १ थान, कटुवा पेस्तोल १ थान, चाइनिज पेस्तोलमा प्रयोग हुने १ थान म्याग्जिन र ७.६५ एमएमको वाल राउण्ड २ थान बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक रवीनराज कर्णजीतले जानकारी दिए ।

सशस्त्र प्रहरीको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा उनलाई यमुनामाई गाउँपालिका ३ राजपुर तुलसीबाट नियन्त्रणमा लिइएको उपरिक्षक कर्णजीतले जानकारी दिए ।

बरामद गरिएका हतियारसहित बैतुल्लालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको कर्णजीतले जानकारी दिए ।