४ कार्तिक २०८३, बुधबार

रजनीकान्तको फिल्ममा गोपीचन्द भिलेन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । अभिनेता रजनीकान्तको आगामी फिल्ममा तेलेगु सिनेमाका स्टार गोपीचन्द खलनायक बन्ने भएका छन् । उनी रजनीको आगामी तमिल फिल्म ‘अन्नात्थे’मा खलनायक बन्न लागेका हुन् ।

१६ वर्ष अगाडि सन् २००४ मा ‘याग्नम’ सिनेमामा खलनायक बनेयता गोपीचन्द पहिलो पटक नकारात्मक भूमिकामा देखिन लागेका हुन् । आगामी महिनाबाट फिल्म फ्लोरमा जानेछ । फिल्ममा रजनीकान्त मायालु दाइको भूमिमा देखिनेछन् ।

शिवाको निर्देशनमा तयार हुने फिल्ममा उनीहरूका अलावा कीर्ति सुरेश, मिना र खुस्बुको मुख्य भूमिका रहनेछ । फिल्म आगामी वर्षको तिहारमा रिलिज हुनेछ ।