६ कार्तिक २०८३, शुक्रबार

सिभिल बैंक र विवेक अटोमोवाईल्सबीच सम्झौता

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, ३ चैत । सिभिल बैंक लिमिटेड र विवेक अटोमोवाईल्सबीच व्यबसायिक सहकार्य सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ तथा विवेक अटोमोवाईल्स्का तर्फबाट अध्यक्ष विवेक दुगडले हस्ताक्षर गरेका हुन् ।

सम्झौतापत्र अनुसार विवेक अटोमोवाईल्स्बाट पियाजियो ब्राण्डका तीन पाङ्ग्रे सवारी खरिद गर्न महिला ग्राहकहरूलाई विवेक अटोमोवाईल्स्को सिफारिसमा सिभिल बैंक लिमिटेडले ७० प्रतिशतसम्म ४ वर्षे कर्जा सुबिधा प्रदान गर्नेछ ।

सो कर्जा नेपाल राष्ट्र बैंकद्वारा जारी ६ प्रतिशत व्याज अनुदान कार्यक्रम अन्तर्गत महिलाहरूद्वारा संचालित व्यवसायिक फर्महरूलाई प्रदान गरिनेछ ।

सो अनुदानपछि वार्षिक व्याजदर ६.९८ प्रतिशतमा कर्जा सुबिधा प्रदान गरिनेछ ।