सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

अमेरिकाले साेमबारबाट कोरोना भाइरसबिरुद्धकाे भ्याक्सिन परीक्षण गर्ने

दैनिक नेपाल २०७६ चैत ३ गते ८:१९

न्युर्याेक, ३ चैत । अमेरिकामा कोरोना भाइरसबिरुद्धको भ्याक्सिन परीक्षण सोमबारबाट गरिने भएको छ ।

कोरोना भाइरसबिरुद्ध तयार पारिएको भ्याक्सिनको क्लीनिकल परीक्षण गर्न लागिएको सरकारी अधिकारीहरुले बताएका छन् ।

नेशनल इन्स्टीच्युट अफ हेल्थले उक्त परीक्षणका लागि रकम उपलब्ध गराएको जनाइएको छ । यो परीक्षण वासिंटन राज्यको शियाटलमा रहेको केशर पर्मानेन्टे वासिंटन हेल्थ रिसर्च इन्स्टीच्युटमा हुने भएको छ ।

भ्याक्सिन पूर्णरुपमा तयार हुन भने १ वर्षदेखि १८ महिनासम्म लाग्ने जनाइएको छ । ४५ वटा जवानहरूमा परीक्षण गरिने तथा सहभागीहरूमा भाइरस संक्रमणको कुनै जोखिम नभएको जनाइएको छ ।

परीक्षणको लक्ष्य भ्याक्सिनले कुनै मुख्य साइड इफेक्ट नगर्ने कुरा प्रमाणित गर्नुमात्र रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित